Rumpum Advertisement

जंगलमा दुईसय बढी भेडा मरे

Neuro Revised Adv
Koshi Dashain ad
जंगलमा दुईसय बढी भेडा मरे

घोराही, १८ माघ । दाङमा चरणका लागि ल्याइका दुईसय भन्दा बढी भेडा मरेका छन् । चिसो छल्न पूर्वीरुकुमको उत्तरी भेगबाट दाङ चरनका लागि ल्याइएका २०० बढी भेडा मरेका हुन् ।

घोराही उपमहानगरपालिका–१९ को पहाडी भेगमा पर्ने जङ्गलमा चराउन ल्याइएका भेडा दुई सातादेखि लगातार मर्न शुरु गरेपछि चिकित्सकको टोली घटनास्थल पुगेको छ ।

प्रदेश नं ५ अन्तर्गत पशु सेवा कार्यालय र उपमहानगरपालिकाको पशु सेवा महाशाखाको टोली जङ्गलमा पुगेको हो ।

पशु चिकित्सकको टोली शुक्रबार बेलुका सैघाको जङ्गलमा पुगेर भेडाको सामान्य उपचारसमेत गरेको थियो ।

पशु सेवा शाखाका प्रमुख श्रीधर अधिकारीका अनुसार भेडामा मुख पाक्ने, पखाला लाग्ने, समस्या देखिएको छ । भेडा कुन रोगले मरेको हो भन्नेबारेमा तत्काल चिकित्सकको टोलीले पत्ता लगाउन सकेका छैनन् ।

भेडामा देखिएको समस्यालाई ल्याव परीक्षणपछि मात्र रोग पत्ता लाग्ने भएकाले नमूना सङ्कलन गरेर फर्किएको अधिकारीले बताए । रासस