सुँगुरको मासु खानुका फाइदाहरू

विराटनगर, १७ माघ । अत्यधिक बोसो र नरम बनावटका लागि सुँगुरको मासु खाने गरिन्छ ।

सुँगुरको मासुलाई मःम, सेकुवा, ससेज, चाउमिन तथा अन्य परिकारहरूमा पनि मिसाएर खाने गरेको पाइन्छ ।

सुँगुरको मासुमा प्रशस्त मात्रामा बोसो हुन्छ ।

शरीरको लागि अत्यधिक बोसो खानु ठीक नभए पनि सुँगुरको मासुमा रातो मासुमा भए जतिको बोसो नभएका कारणले यसको सेवन फाइदाजनक मानिन्छ ।

सुँगुरको मासुमा प्रशस्त मात्रामा बोसोको साथ साथै प्रोटिन, मिनेरल्स, भिटामिनस् र कार्बोहाइड्रेट पनि पाइन्छ ।

रातो मासुमा हुने जत्तिकै प्रोटिन पाउने हुँदा शरीरको मांसपेशी बढाउन सोच भएका व्यक्तिहरूका लागि सुँगुरको मासु फाइदाजनक हुन्छ ।

सुँगुरको मासुमा भिटामिन बी प्रशस्त मात्रामा पाइन्छ जसले दिमागमा फाइदा पुर्‍याएर तनाव तथा डिप्रेसनलाई कम गर्न मद्दत गर्छ ।

सुँगुरको मासुले जिंक, फास्फोरस, र सेलेनियम जस्ता धेरै लाभदायक खनिजहरू पनि प्रदान गर्दछ ।

यी तीन खनिजहरूको संयोजनले शरीरमा नयाँ कोशिकाहरूको वृद्धि गर्न, प्रतीरक्षा प्रणालीलाई बढावा दिन, दाँत र हड्डीहरूलाई मजबुत पार्न, र रक्तवाहिनीहरूको भित्ता रक्षा गर्न मद्दत गर्दछ ।

प्रोटिन अन्य खाद्य पदार्थहरूभन्दा लामो समयसम्म शरीरमा रहन सक्ने हुँदा फलफूल र तरकारीहरूको तुलनामा सुँगुरको मासुले लामो समयसम्म पेटलाई भरेको जस्तो अनुभव गराउँछ ।

सुँगुरको मासु खानेले छिट्टै भोक नलाग्ने हुँदा समय समयमा जंक फूड खाएर स्वास्थ्यमा समस्या उत्पन्न गराउनु पर्दैन ।

Loading...