birat ribon

कोकिनसहित विदेशी नागरिक पक्राउ

Neuro
कोकिनसहित  विदेशी नागरिक पक्राउ

काठमाडौं, १७ माघ । दुई किलोग्राम २०० ग्राम कोकीनसहित नेपाल प्रहरीले एक विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

Padelux insider
cura insider

अवैधरुपमा कोकिन ओसारपसार कार्यमा सङ्लग्न बोलिभियन नागरिक सोल्यानो क्याभेज मिगुललाई बुधबार पक्राउ गरेको हो ।

ब्यूरोले लामो समयको सूचना सङ्कलन, विश्लेषण र निगरानीका आधारमा काठमाडौँ महानगरपालिका–२६ ज्याठास्थित रहेको बुद्धल्याण्ड होटलको ४०२ नम्बर कोठाबाट उनलाई पक्राउ गरेको जनाएको छ ।

सुटकेशभित्र फल्स बटम बनाएर लुकाइछिपाइ राखेको अवस्थामा मिगुललाई पक्राउ गरिएको र पक्राउ परेकालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

jackson ribon