‘सूर्याेदयको इच्छा, बुहारीलाई शिक्षा’

इलाम, १७ माघ । इलामको सूर्याेदय नगरपालिकाले बुहारीहरुका लागि उच्चशिक्षा अध्ययन गर्न छात्रावृद्धि उपलब्ध गराउन थालेको छ ।

महंगो शुल्कका कारण उच्च शिक्षा लिन नसनेका बुहारीहरुका लागि नगरपालिकाले गतवर्षदेखि ‘सूर्याेदयको इच्छा, बुहारीलाई शिक्षा’ योजना मार्फत छात्रवृति उपलब्ध गराउन थालेकाे हाे ।

नगरपालिका भित्र विवाह गरेर आउने बुहारीहरुका लागि स्थानीय करफोक विद्याा मन्दीरमा स्नातक तहको शिक्षा निशुल्क अध्ययन गर्न पाउनेछन् ।

गत वर्ष ४० बुहारीहरुलाई छात्रवृतिमा पढाएको नगरपालिकाले चालु आर्थिक वर्ष ८० जनालाई अध्ययन गराइरहेको छ ।

मेयर रणबहादुर राईले बुहारीसँगै गरिब तथा जेहन्दार विद्यार्थीका लागि पनि छात्रवृद्धि उपलब्ध गराउन थालिएको छ ।

Loading...