नोबेल मेडिकल कलेजमा २९ लाख बढी शुल्क

काठमाडौं, १७ माघ । नोबेल मेडिकल कलेज विराटनगरले एमबीबीएसमा भर्ना हुने विद्यार्थीका लागि सरकारले तोकेको भन्दा बढी शुल्क निर्धारण गरेको छ ।

एमबीबीएसमा भर्ना हुन आएका विद्यार्थीहरुका लागि सरकारले तोके भन्दा २९ लाख १४ हजार रुपैयाँ बढी शुल्क निर्धारण गरेको हो । चिकित्सा शिक्षा आयाेगले काठमाडाैं उपत्यका बाहिर एमबीबीएस शुल्क ४४ लाख ३६ हजार ताेकेकाे छ । एकसय सिट पाएको नाेबेलले भने २९ लाख बढी शुल्क ताेकेकाे छ ।

नोबेलले इन्टर्नसीप शुल्क बापत, ४ लाख ४० हजार, नौं सेमेस्टरको आन्तरिक परीक्षाका लागि ९५ हजारका दरले शुल्क तोकेको छ ।

त्यस्तै साढे पाँच वर्षको होस्टल शुल्क पनि भर्ना अगावै संकलन गर्न खोजेको छ । नोबेलले होस्टलका लागि ७ लाख ३९ हजा अग्रिम दिनुपर्ने उल्लेख गरेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।

Loading...