तोरीको तेल : मुटु रोगको खतरा ५० प्रतिशतले कम गर्छ

विराटनगर, १६ माघ । तोरीको तेल भान्सामा दैनिक रूपमा तरकारी पकाउनेदेखि लिएर अन्य विभिन्न कामका लागि प्रयोग गरिरहेका हुन्छौं ।

तोरीको तेलमा पाइने तत्वहरू स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तोरीको तेललाई दुखाइ निवारकको रूपमा पनि प्रयोगमा गर्न सकिन्छ ।

तोरीको तेलले शरीरमा भएको खराब कोलेस्टेरोललाई घटाएर राम्रो कोलस्टेरोल बढाउन मद्दत गर्छ ।

तोरीको तेलमा पाइने मोनोस्याचुरेटेड फ्याट (मुफा), पोलीअनस्याचुुरेटेड फ्याट (पुफा) र स्याचुुरेटेड फ्याट मुटुको धमनीको भित्तामा गएर नटाँसिने हुँदा तोरीको तेलको सेवनले मुटु रोगको खतरा ५० प्रतिशतले कम गर्न सक्छ ।

तोरीको तेलको सेवनले पाचन प्रणालीमा सुधार ल्याएर खाना पचाउन मद्दत गर्नुका साथै ग्यास्ट्रिक, अपच तथा कब्जियतको समस्या हुन दिँदैन ।

तोरीको तेलको उपयोगले दमको आक्रमणलाई रोक्न सकिन्छ ।

तोरीको तेलमा क्यान्सरविरुद्ध लड्ने तत्वहरू पाइएको विभिन्न अनुसन्धानहरूबाट समेत प्रमाणित भएको छ ।

यसको सेवनले पेट तथा कोलोन क्यान्सरको रोकथाम गर्छ ।

तोरीको तेल खानुका साथ साथै छालामा तथा कपालमा लगाएर मसाज पनि गर्न सकिन्छ ।

तोरीको तेलले केशलाई असमयमा सेतो हुनबाट जोगाउनुका साथै मष्तिष्कको कार्यक्षमता बढाउने, कपालमा चायाँ पर्न नदिने, कपाल झर्न नदिने, कपाल सिल्की बनाउने तथा जुम्रा पर्नबाट जोगाउँछ ।

तोरीको तेलले अनुहार तथा हात खुट्टामा लगाउँदा रौं छिद्रलाई खोलेर छालाबाट विषालु तत्त्वलाई बाहिर निकाली रिङ्कल तथा एजिङको समस्याबाट जोगाउँछ ।

छालामा मसाज गर्दा रक्त सञ्चार प्रणालीलाई सक्रिय गर्दै जोर्नी दुख्ने र बाथको समस्या पनि निको हुन्छ ।

घाउ भएको बेलामा तोरीको तेल लगाउनाले छालालाई सुख्खा हुन नदिकन इन्फेक्सन फैलनबाट जोगाउँछ ।

Loading...