birat ribon

बोराले किचेर एकै परिवारका ४ जनाको मृत्यु

Neuro
बोराले किचेर एकै परिवारका ४ जनाको मृत्यु

रुपेन्देही, १६ माघ । आफँैले जम्मा गरेको कवाडको बोराको खात पल्टिएर च्यापिँदा एकै परिवारका चार भारतीय नागरिकको मृत्यु भएको छ ।

Padelux insider
cura insider

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव ज्ञवालीका अनुसार कोठामा जम्मा गरेको बोराको थुप्रोले किच्दा एकै परिवारका ४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारतको बिहार राज्यको बलियास्थित तपनीगाउँका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २६ वर्षीया सद्धाव खातुन, दुई वर्षीया छोरी सहिना खातुन र छ वर्षीय छोरा सुल्तान रजा रहेका छन् ।

सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डी पिपरहियामा भाडामा बस्दै आएका उनीहरुले आफैँले सङ्कलन गरेर राखेको बोराको थुप्रो पल्टिँदा खाटमा सुतेका उनीहरुको निस्सिएर मृत्यु भएको प्रहरी निरीक्षक ज्ञवालीले बताए ।

मृतक चारैलाई आज बिहान मृतावस्थामा फेला पारिएको थियो ।

उनीहरुको शव परीक्षणका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रासस

jackson ribon