बीबीसीले चार सय ५० जना कर्मचारी हटायो

बेलायत, १५ माघ । बेलायती प्रसारण संस्था बीबीसीले ४ सय ५० जनालाई जागिरबाट हटाएको छ । खर्च खटौती गर्ने योजना अनुसार उनीहरुलाई जागिरबाट हटाएको हो ।

खर्च कटौती गर्ने योजना र स्रोत तथा दर्शकहरुको आवश्यकता बदलिएको भन्दै बीबीसीले उनीहरुलाई अवकास दिइएको जनाएको छ ।

बीबीसीले बुधबार गरेको घोषणा अनुसार लामो अनुसन्धान र छलफलपछि कर्मचारी कटौती गर्ने अप्रिय निर्णय गर्नु परेको हो ।

दर्शक तथा स्रोताको नयाँ चाहना र आवश्यकताका कारण नयाँ चुनौती सामना गर्नु परेको र नयाँ कदमहरु चाल्न थालेका बीबीसीका समाचार तथा समसामयीक मामिला प्रमुख फ्रान अनस्वार्थले बताए ।

Loading...