दक्ष जनशक्ति उत्पादनमा गर्न प्रदेश प्रमुखको जोड

विराटनगर, १५ माघ । प्रदेश १ प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्धले विद्यार्थीको भविष्य उज्ज्वल हुने बताएका छन् ।

विराटनगर–११ स्थित जनपथ उच्च माध्यमिक विद्यालयको ५५औँ वार्षिकोत्सवको बुधबार उद्घाटन गर्दै उनले आजको विद्यार्थी भोलिका देशका कर्णधार हुने भएकाले मुलुकलाई आवश्यक दक्ष जनशक्तिको उत्पादनमा लाग्नु पर्ने बताए ।

प्रदेश प्रमुख अधिकारीले विश्वमा आगमनमा भएका आधुनिक प्रविधि सम्बन्धमा पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिँदै विद्यार्थीलाई स्वदेश तथा विदेशमा आवश्यकपर्ने जनशक्ति निर्माण गर्न आजदेखि काम सुरु गर्नु पर्ने बताए ।

शिक्षा विकास तथा समन्वय एकाइ मोरङका प्रमुख दीर्घध्वज चापागाईं, विद्यालयका प्राचार्य हरिप्रसाद पराजुली लगायतले मुलुकलाई आवश्यकपर्ने दक्ष जनशक्ति तयारमा सबैको सहयोग हुनु पर्ने बताए ।

Loading...