कान कोट्याउने बानी हटाऔं

विराटनगर, १५ माघ । कानकोे इन्फेक्सनबाट जोगाउनका लागि कानले आफैँ कानेगुजी बनाएको हुन्छ ।

कान आफैँ सफा हुने अंग हो । त्यसैले कान सफाइ गर्न आवश्यक हुँदैन ।

अधिकांश मानिसहरू काँ चिलाएमा, कनेगुजी तथा कान सफा गर्नका लागि अनेक उपायहरू अपनाउने गर्छन् ।

तर, प्रायः डाक्टरहरू कान सफा गर्नु आवश्यक नरहेको बताउने गर्छन् ।

बजारमा विभिन्न कान कोट्याउने उपकरणहरू सजिलै किन्न पाइन्छ ।

कान चिलाएको बेलामा कान कोट्याउँदा बेग्लै खालको आनन्दको अनुभूति हुने हुँदा पटक–पटक कान कोट्याउन मन लाग्छ ।

तर, कान कोट्याउँदा फाइदाभन्दा पनि बेफाइदा धेरै हुन्छ ।

कानलाई सफा राख्नका लागि निम्न कुराहरूमा ध्यान दिन आवश्यक हुन्छ ।

कान तीन भागमा बाडिँएको हुन्छ । बाहिरी भाग अर्थात् देखिने भाग, बिच्चाको भाग र भित्री भाग ।

बाहिरी भागलाई सफा कपडाले पुछेर मात्र पनि सफा गर्न सकिन्छ ।

बिछाको भागको छाला निकै संवेदनशिल हुन्छ र उक्त भागमा कानेगुजी बन्ने गर्छ ।

भित्री भागमा इयर ड्रम हुन्छ । कान कोट्याउँदा भित्री भागमा असर पर्न जान्छ ।

कान कोट्याउँदा कानेगुजी निस्केभन्दा पनि भित्रसम्म कानेगुजी पस्ने सम्भावना धेरै हुन्छ ।

कानमा सेफ्टीपिन, हेयर पिन, सलाईको काँटी, पिन, प्वाख, कलम, कपासलगायतका वस्तुको प्रयोग गर्नु हुँदैन ।

कान कोट्याउँदा लापरवाही गरेमा सुन्ने क्षमतामा कम हुनुका साथै भित्री भागमा इन्फेक्सन बढ्न सक्छ । यस्ता वस्तुले कानमा खराबी ल्याएर नसुन्ने अवस्थासमेत आउनसक्छ ।

कान दुख्यो भने, राम्रोसँग सुन्न छाडियो भने, कानमा हावा भरिएजस्तो वा कानमा कराएजस्तो भयो भने चिकित्सको सल्लाह लिनु पर्छ । कान सुक्खा भयो भन्दैमा कानमा तेलको पनि प्रयोग गर्नु हुँदैन ।

Loading...