अञ्जनको दुई गोल, पहिलो हाफमा मनाङ २–० गोलले अगाडि

विराटनगर, १५ माघ । काठमाडौंमा जारी कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा अहिले साविकको विजेता मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबले खेलिरहेका छन् ।

अहिले जारी उक्त खेलमा डिफेन्डिङ च्याम्पियन क्लब मनाङले पहिलो हाफमा २–० गोलको अग्रता बनाएको छ । मनाङका लागि अञ्जन विष्टले २ गोल गरे ।

उनले खेलको ४१औं मिनेट र ४३ औं मिनेटमा गोल गरेका हुन् ।

Loading...