४ सय ४४ किलोका हायात सुहाउँदी श्रीमतीको खोजीमा, गरे ३ सय जनालाई अस्वीकार

एजेन्सी, १५ माघ । २७ वर्षीय पाकिस्तानी वेटलिफ्टर अरबाब खिजर हयात आफ्ना लागि बधुको खोजीमा छन् ।

४ सय ४४ केजी रहेका हायात एक वेटलिफ्टर हुन् ।

आफ्नो शरीरका कारण कम तौल भएका केटीलाई थिच्न सक्ने हुँदा उनी आफ्नो शरीरका लागि मिल्ने केटीको खोजीमा रहेका छन् ।

पाकिस्तानको मरदानमा बसोबास गर्दै आएका अरबाब खिजर हायात आफ्नो वजनका कारण विवाह हुन नसक्दा हैरान छन् ।

आफूलाई सुहाउँदीली कन्या नपाउँदा उनले ३ सय विवाहका प्रस्ताव अस्वीकार गरिसकेका छन् ।

६ फिट ६ इन्च रहेका हायातले कम्तीमा पनि १ सय किलोको दुलहीको खोजीमा छन् ।

हयातलाई मात्र होइन उनको परिवारलाई जोडी मिल्नका लागि आफ्नो घरकी बुहारीको वजन कम्तीमा १०० किलो हुनुपर्ने र उचाइ ६ फिट ४ इन्च हुनु पर्ने लाग्छ ।

परिवार तथा हयातलाई केटीले राम्रो खाना बनाउन आउनुपर्ने पनि बताएका छन् ।

संसारको सबैभन्दा शक्तिशाली व्यक्तिको नाम लेखाउनको लागि दैनिक अत्यधिक खाना खाने हयातले दैनिक १ हजार क्यालोरी भएको खाना खान्छन् ।

जसमा दैनिक ३६ वटा अण्डा, ३ केजी मासु, ५ लिटर दूध हुन्छन् ।

डेलीमेलका अनुसार आमाबुबा नाती–नातिना खेलाउन चाहने हुँदा चाँडै मेरो विवाह गराउन खोजिरहेका छन् ।

तर, सुहाउँदी केटी नभेटेको कारणले ७ वर्षमा ३ सय जना केटीको प्रस्तावलाई अस्वीकार गरेका हुन् । हायातले एक ट्रयाक्टरलाई डोरीले बाँधेर तानेको भिडियो भाइरल भएपछि उनी एकाएक चर्चामा आएका थिए ।

Loading...