डा. योगी विकाशानन्दका पाँच मननीय भनाइहरू

डा.योगी विकाशानन्द युवा दार्शनिक, नेपाल मनोक्रान्ति योगका द्रष्टा एवं अगुवा हुन् ।

उनले मनोक्रान्तिको माध्यमबाट नेपालमा योग, ध्यान, दर्शन र अध्यात्मको प्रचार कार्य गरेका छन् ।

२ असार २०१८ मा क्षेत्रपाटीको गणेश मन्दिर अगाडि सालनालसहितको नाबालक अवस्थामा बेवारिसे फेला परेका उनी अध्यात्मको खोजीमा भारत पसेका थिए ।

६ वर्षको प्रवासपछि २०४७ सालमा नेपाल फेर्केर योग सिकाउन सुरु गरे ।

संसार बदल्नु छ भने सुरुआत आफैँबाट गर्नपर्छ भन्ने जीवन जिउने कला सिकाउँदै समाजमा सकारात्मक भावनाको जागरण गराउने हुनाले विकासानन्दलाई उत्प्रेरक पनि मानिन्छ ।

  • असफलता झेल्ने आँट नभएकाहरू सफलताका हकदार हुनै सक्दैनन् ।
  • बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ ।
  • जसले आमा बाबुलाई प्रेम दर्शाउन सक्दैन, उसले आफ्ना छोराछोरीबाट प्रेम खोज्नु अपराध हो ।
  • भिन्नैखाले राजनेता नभएसम्म भिन्नैखाले राजनीतिको संभावना छैन ।
  • सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महान् कुरा हो ।
Loading...