birat ribon

आफ्नो विवाहको विषयमा यसो भन्छिन् श्रद्धा

Neuro
आफ्नो विवाहको विषयमा यसो भन्छिन् श्रद्धा

विराटनगर, २३ माघ । गत शुक्रबार प्रदर्शनमा आएको फिल्म ‘स्ट्रिट डान्सर’ का कारण बलिउडकी चर्चित अभिनेत्री श्रद्धा कपुर थप चर्चामा छिन् ।

Padelux insider
cura insider

फिल्मले राम्रो व्यापार गरेसंगै श्रद्धाले आफ्नो फोटोग्राफर रोहन श्रेष्ठसँग प्रेममा रहेको र उनीहरू छिट्टै विवाह गर्न लागेको खवर सार्वजनिक भएको छ ।

नेपाली भाषी रोहन र श्रद्धाले सन् २०२० मै विवाह गर्ने तयारी गरेको भारतीय मिडियाले जनाएका छन् ।

श्रद्धाका पिता शक्ति कपुरले यो सबै हल्ला मात्र रहेको बताउँदै आएका छन् ।

अहिले आएर श्रद्धाले पनि यस विषयमा जवाफ दिएकी छन् ।

केही दिनअगाडि श्रद्धाले दिएको अन्तर्वार्तामा आफू अहिले आफ्नो करिअरमा व्यस्त भएको र अहिले यस प्रकारको विषयमा सोच्ने समय नभएको बताएकी छन् ।

आफ्नो फिल्महरूमा मात्र ध्यान दिइरहेको र यस्ता खबर सबै हल्ला मात्र रहेको श्रद्धाले बताइन् ।

श्रद्धा र रोहन दुई वर्षदेखि प्रेममा रहेका छन् ।

यसअगाडि श्रद्धाको नाम अभिनेता आदित्य रोय कपुर र फरहान अख्तरसँग जोडिएको थियो ।

श्रद्धा अहिले आफ्नो नयाँ फिल्म ‘बाघी ३’ को छायांकनमा व्यस्त छिन् ।

jackson ribon