‘बच्चन पाण्डे’मा अक्षयको यस्तो ‘लूक’

विराटनगर, १३ माघ । बलिउडका चर्चित अभिनेता अक्षय कुमारले आफ्नो नयाँ चलचित्रको फर्स्ट लूक सार्वजनिक गरेका छन् ।

उनले आफ्नो नयाँ फिल्म ‘बच्चन पाण्डे’को प्रदर्शन मिति घोषणा गर्दै आफ्नो लूक सार्वजनिक गरेका हुन् । अक्षयले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत फोटो सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको पोस्टरमा अक्षयलाई भिन्न लुक्समा देख्न सकिन्छ । उनले घाँटीमा मोटा मोटा सिक्रि लगाएको पनि देखिन्छ ।

फिल्मको रिलिज मितिलाई परिवर्तन गरिएको छ भने फिल्म अब २२ जनवरी २०२१ मा प्रदर्शनमा आउने पक्का भएको छ ।

फिल्म तमिल सुपरस्टार अजीत कुमारको ब्लकबस्टर फिल्म ‘वीरम’ को हिन्दी रिमेक हो ।

फरहाद समजीको निर्देशनमा तयार हुन लागेको फिल्ममा अक्षयका साथै अभिनेत्री कृति सेननको मुख्य भूमिका रहेको छ ।

यसअघि कृतिले अक्षयसँग फिल्म ‘हाउसफुल ४’ मा काम गरेकी छन् । यो जोडीलाई फेरि एक पटक पर्दामा देख्न पाइने भएको छ ।

Loading...