भोलाको गोलमा पहिलो हाफमा एपीएफविरुद्ध पुलिसको अग्रता

काठमाडौं, १३ माघ । काठमाडौंमा जारी कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा अहिले विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफबीचको खेल भइरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा पुलिसले १–० गोलको अग्रता बनाएको छ ।

खेलको १३औं मिनेटमा भोला सिलवालले गोल गरेपछि पुलिसले अग्रता लिएको हो । कप्तान भोलानाथ सिलवालले पेनाल्टीमा गोल गरेका थिए ।

पुलिस ११ अंकका साथ आठौं स्थानमा छ भने एपीएफ ५ अंकका साथ १३ औं स्थानमा छ ।

Loading...