जुवा खेलिरहेका वडाध्यक्षसहित १६ जना पक्राउ, पौने २३ लाख रुपैयाँ बरामद

कैलाली, १३ माघ । धनगढी ३ मिलनचोकमा जुवा खेलिरहेका वडाध्क्षसहित १६ जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–३, का तिलक अधिकारीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको कैलालीका एसपी सुदीप गिरीले जानकारी दिए ।

आइतबार राति जुवाखालमा छापा मारेर उनीहरुलाई २२ लाख रुपैयाँभन्दा धेरै रकमसहित पक्राउ गरिएको हो ।

छापा मार्दा केही व्यक्ति भागेका र उनीहरूले पैसा फालेका पाइएको गिरीले जानकारी दिए ।

गएराति पक्राउ परेका उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–१०, का अध्यक्ष रवीन्द्र शाही ‘गुड्डु’समेत रहेका छन् ।

शाहीसँगै धिरेन्द्र चन्द, भुवन कुँवर, तिलक अधिकारी, रमेश खड्का, खेमराज भट्ट, जनक दौल्याल, सन्देश तामाङ, मोहन खड्का, अमित गुरु, प्रेमबहादुर सिंह, सूर्य भट्ट, कालुसिंह धामी, चन्द्रमणि अधिकारी, जयसिंह धामी र मङ्गल ठगुन्ना रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

Loading...