ग्यास्ट्रिकको मुख्य कारण बन्न सक्छ टमाटर

विराटनगर, १३ माघ । टमाटरमा पाइने भिटामिन, पोटासियम, फोलिट, आईरन, म्याग्नेसियम, क्रोमियम, कोलिन, जीक र फस्फोरस शरीरका लागि आवश्यक खनिज पदार्थहरू हुन् ।

टमाटर खानुका फाइदाहरू धेरै छन् ।

dsf

तर, धेरै फाइदा हुने कुराहरूलाई चाहिनेभन्दा धेरै खाएमा फाइदाभन्दा पनि धेरै बेफाइदा हुन्छ ।

टमाटरको धेरै सेवन गर्नु शरीरको लागि हानिकारक हुन जान्छ ।

दैनिक रूपमा टमाटरको सेवनले स्वास्थ्यमा नकारात्मक असर गर्न थाल्छ ।

टमाटरको धेरै सेवन ग्यास्ट्रिक तथा एसिडिटीको मुख्य कारण बन्न जान्छ ।

टमाटरको स्वाद अमिलो हुने हुँदा धेरै अमिलोको सेवनले पेटमा अम्लीयता बढ्न गइ एसिडिटी, अमिलो पानी आउने, ग्यास्ट्रिकजस्ता पेटको समस्याको कारण बन्न जान्छ ।

टमाटर धेरै खाँदा मनमा बेचैनी हुने, ब्लडप्रेशर बढ्ने र शरीरमा अनौंठो किसिमको दुर्गन्ध बढ्ने समस्या निम्तिन सक्छ ।

टमाटरमा पाइने टरपीन्स नामक पदार्थले शरीरमा दुर्गन्ध उत्पन्न भएको हो ।

टमाटरमा भएको बियाँले मृगौला तथा पित्तथैलीमा हुने पत्थरी जस्तो डरलाग्दो रोगलाई निम्त्याउन सक्छ ।

यसका बियाँहरू साना भएका कारण वा पच्न नसकेको खण्डमा सजिलैसँग मिर्गौलासम्म पुग्ने भएकाले पत्थरीको समयस्या हुने सम्भावना धेरै हुन्छ ।

अहिलेका बजारमा पाइने टमाटरहरू अर्गानिक नभई त्यसमा अनेकथरी विषादी मिलाएर बेच्ने गरेका हुन्छन् । यस्ता टमाटरको सेवनले स्वास्थ्यमा थप समस्या निम्त्याउने गर्छ ।

Loading...