आयुष केसीको ‘म एउटा बालक’ सार्वजनिक (भिडियोसहित)

विराटनगर, १३ माघ । भारतीयको चर्चित रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’ मा चौथो स्थान हासिल गरेका नेपालका आयुष केसीको गीत सार्वजनिक भएको छ ।

‘म एउटा बालक’ बोलको गीतलाई सुर्सला स्टुडियो नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको गीतमा अमृत क्षेत्रीको शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा आयुष फिचर्ड छन् ।

कुमार केसीको निर्देशनमा तयार भएको गीतको भिडियोलाई दीपक गिरीले छायांकन गरेका छन् भने भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

Loading...