‘अर्जुन रेड्डी’ निर्देशन गर्दै विशाल, फिल्ममा विपिन हुने सक्ने

विराटनगर, १२ माघ । सुपरहिट तेलुगू फिल्म ‘अर्जुन रेड्डी’ को नेपाली भर्सनलाई निर्देशक विशाल सापकोटाले निर्देशन गर्ने पक्का भएको छ । फिल्मलाई ‘युवा फिल्म्स’ र जी २१ फिल्म्सले सहकार्यमा बन्ने खबर पनि बाहिरिएको छ ।

उक्त खबरलाई पुष्टि गर्दै ‘जी २१’ का आसिफ शाहले आफ्नो सामाजिक सञ्जालमार्फत निर्देशक विशाल सापकोटालाई टिममा स्वागत गरेका छन् । फिल्मको निर्देशक तय भए पनि फिल्मको मुख्य भूमिका निर्वाह गर्ने अभिनेताको बारेमा भने अझै केही औपचारिक घोषणा भइसकेको छैन ।

केही दिनयता अभिनेता आर्यन सिग्देल फिल्ममा हुने चर्चा चलेपछि आर्यनले सामाजिक संजालबाट आफू फिल्ममा नभएको घोषणा गरेका थिए । अब भने फिल्ममा विपिन कार्की हुने चर्चा चलिरहेको छ । केही दिनमा यसको टुंगो लाग्ने निर्माण टिमले बताएको छ ।

‘अर्जुन रेड्डी’ को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरेका छन् । पहिलो पटक विदेशी फिल्मको राइट्स लिएर नेपाली फिल्म निर्माण हुन लागेको हो ।

तलेगु फिल्म ’अर्जुन रेड्डी’ र हिन्दी ’कबिर सिंह’ पुरै सेम नभएको र यी दुईको क्लाइमेक्समा केही परिवर्तन गरिएको थियो । त्यस्तै, नेपाली रिमेकमा पनि केही परिर्वतन गरिने कुरा भएको छ । विशाल निर्देशित नयाँ फिल्म ‘सेल्फी किङ’ प्रदर्शनको तयारीमा छ ।

Loading...