आसाममा गणतन्त्र दिवसकै दिन चार वटा बम विस्फोट

गुवाहाटी, १२ माघ । पूर्वोत्तर भारतीय राज्य आसाममा चार वटा शक्तिशाली ग्रिनेड विस्फोटन भएका छन् ।

गणतन्त्र दिवसकै दिन आइतबार बिहान यी विस्फोटहरु राज्यका डिब्रुगढ र चराइदेओ जिल्लामा भएको अधिकारीहरूले बताएका छन् ।

डिब्रुगढ प्रहरीका अनुसार डिब्रुगढको ग्राहाम बजार र एटी रोड नजिकको गुरुद्वारा नजिक विस्फोट भएका हुन् । अर्को विस्फोट डुलियाजानमा भएको थियो ।

चराइदेओ जिल्लाको टिओक घाटनजिकै विस्फोट भएको प्रहरीले जनाएको छ ।

राज्यका वरिष्ट प्रहरी अधिकारीहरु घटनास्थलमा पुगेका र अनुसन्धान शुरु भएको छ ।

उक्त बिस्फोटबाट मानवीय वा अन्य क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको छ ।

Loading...