तौल घटाउन यी खानेकुरा त्यागौं

विराटनगर, १२ माघ । खानेकुरामा गरिएको सानो गल्तीका कारण तौल नियन्त्रण हुन सकिरहेको हुँदैन । कहिलेकाँही जानेर वा नजानी हानिकारक नहुने, नदेखिने खानाले पनि तौल बढाइरहेको हुन्छ ।

तौल बढाउनुका साथै खानामा गरेको लापरवाहीले स्वास्थ्यमा विभिन्न समस्या पनि उत्पन्न गरिरहेका हुन्छ । नेपालीको भान्सामा धेरैजसो तरकारीमा आलु मिसाएकै हुन्छ । आलुमा कार्बोहाइड्रेटको मात्रा धेरै हुँदा यसको सेवनले तौल बढाउने काम गर्नुका साथै शरीरलाई अल्छि बनाइ रहेको हुन्छ ।

बच्चादेखि वृद्धहरूको हरेक दिन दूध पिउने बानी हुन्छ । दूध स्वास्थ्यका लागि निकै फाइदाजनक पेय पदार्थ हो । यसले शरीरको हड्डी र दाँतलाई बलियो र स्वस्थ बनाउन मद्दत गर्छ । तर, दूधको सेवनले पनि तौलमा धेरै असर गरिराखेको हुन्छ । हरेक दिन दूध पिउने, या दूधबाट बनेका विभिन्न खानेकुरा को सेवन गर्नाले शरीरको तौल बढ्नुका साथै अनुहारमा डण्डीफोर बढाउने गर्छ ।

दिउँसो खाजा मज्जाले खाने बानी हुन्छ । खाजामा धेरैजसो जंक फुड, समोसा, मोःमोः पिज्जा जस्ता खाजा खाने गरिन्छ । विज्ञापनमा देखाए जस्तो धेरैजसो बजारमा पाइने स्वस्थ स्न्याक असली खाना जतिकै पोषिलो हुने बताइए पनि यसमा विभिन्न केमिकल र फ्याटको मात्रा बेसी हुन्छ । जंक फुडको सेवनले पनि शरीरको तौल बढाइरहेको हुन्छ । यस्ता खानाले पेटसम्बन्धी विभिन्न समस्या उत्पन्न गराउँछ ।

उच्च प्रोटिन भएका खानेकुराले भोक मेटाउनुभन्दा पनि शरीरमा ऊर्जा पैदा गर्छ । यस्ता खानाहरूले तौल बढाउन पनि दिँदैन । गुलियो खाने बानीले पनि तौल बढाइरहेको हुन्छ । गुलियो खाँदा हामीले शरीरमा तुरुन्तै ऊर्जा पाएको महशुस गर्छौं । यो ऊर्जा केही समयको लागि मात्र हुने हुँदा केशी समयपछि शरीरलाई पहिलाको भन्दा धेरै थकित महशुस गराउँछ र शरीरमा अनावश्यक बोसो थपिरहेको हुन्छ ।

Loading...