पृथ्वीराजमा अक्षयको पहिलो पत्नी मानुषी

विराटनगर, १२ माघ । सन् २०२० को तिहारमा रिलिज हुन लागेको बलिउडका चर्चित अभिनेता अक्षय कुमारको मुख्य भूमिका रहने फिल्म ‘पृथ्वीराज’बाट ‘मिस वर्ल्ड २०१७’ मानुषी चिल्लरले बलिउडमा डेब्यू गर्ने पक्का भएको छ ।

gh

यशराज ब्यानरले फिल्ममा मानुषी पक्का भएको जानकारी दिएको छ । फिल्ममा धेरैजसो पृथ्वीराज र कनौजकी राजकुमारी संयोगिताको प्रेमकथा देखाइने भएको छ । फिल्ममा पृथ्वीराजको भूमिकामा अक्षय र संयोगिताको भूमिकामा मानुषीले निर्वाह गर्दै छिन् ।

मानुषीले इन्स्टाग्राममा आफ्नो तस्बिर सेयर गर्दै लेखेकी छन्, ‘संयोगिता पृथ्वीराज ।’ संयोगिता पृथ्वीराजको पहिलो पत्नी हुन् । तर, दोस्रो पत्नीको भूमिकाको लागि अभिनेत्री फाइनल भने गरिएको छैन । मुख्य भिलेन मोहम्मद गौरीको रोलमा भने मानव विज देखिने भएका छन् ।

पृथ्वीराज’मा अक्षय, मानुषीका र मानवका साथ आशुतोष राणा र सोनु सूदलगायतका कलाकारको अभिनय रहने छ । भारतका महान राजा पृथ्वीराज चौहानको जीवनीमा आधारित रहेको फिल्मको निर्माण यशराज फिल्म्सले गर्ने भएको छ । डा. चन्द्रप्रकाश द्विवेदीले निर्देशन गरेको फिल्मको टिजरसमेत सार्वजनिक भइसकेको छ ।

Loading...