खाली पेट मनतातो पानी पिउदा यस्तो छ फाइदा

विराटनगर, १२ माघ । बिहान मनतातो पानी पिउनु स्वास्थ्यको दृष्टिकोणबाट अति लाभदायक छ ।

मनतातो पानी पिउनाले शरीरमा रक्तसंचार सन्तुलित र नियमित हुन्छ । पानी पिउनाले एसिडिटीको समस्या पनि कम हुन्छ ।

भोक नलाग्ने समस्या भएकाहरुले एक गिलास मनतातो पानीमा एउटा कागतीको रस, मरिच र नुन हालेर बिहानै मनतातो पिउँदा भोक जगाउँछ । खाली पेट मनतातो पानी पिउनाले कब्जियत हट्छ ।

यस्तै जोर्नीको दुखाई पनि कम र हड्डी मजबुत बनाउन पनि मनतातो पानी पिउदा फाइदा हुन्छ ।

रुघाखोकी लागेमा पर्याप्त मात्रामा मनतातो वा तातो पानी पिउनु आवश्यक हुन्छ । यसले शरीरमा आराम मिल्छ ।

यदि छालामा चाउरीपना तथा दागधब्बा हटाउन मन भएपनि हरेक दिन बिहान खाली पेटमा मनतातो पानी पिउनु पर्छ ।

Loading...