चेल्सी एफए कपको पाँचौं चरणमा

विराटनगर, १२ माघ । चेल्सीले एफए कपको पाँचौं चरणमा स्थान बनाएको छ । शनिबार राति भएको खेलमा हल सिटीमाथि २–१ गोलको जित निकाल्दै चेल्सी पाँचौं चरणमा प्रवेश गरेको हो ।

चौथो चरणको खेलमा हल सिटीलाई पराजित गर्न मिक्की बत्सुआइ र फिकायो टोमरीले समान एक–एक गोल गरेका थिए । यता, पराजित टोली हल सिटीका लागि कमिल ग्रोसिक्कीले एक गोल फर्काए ।

खेलको छैटौं मिनेटमा बत्सुआइको गोलमा चेल्सीले अग्रता बनाएको थियो । त्यसपछि खेलको ६४औं मिनेटमा टोमरीले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । खेलको ७८औं मिनेटमा हल सिटीका ग्रोसिक्कीले सान्त्वना गोल गरे ।

Loading...