बच्चाको उमेरअनुसार उचाइ र तौल यति हुनुपर्छ

विराटनगर, ११ माघ । पुड्के बाबुआमाबाट जन्मेको छोराछोरी पनि पुड्को हुने गरेको मान्यता छ ।

तर, खानपानमा विशेष ध्यान दिएका बच्चाहरूको उचाइ आमाबुवाभन्दा पनि अग्लो हुने गरेको पाइन्छ ।

शिशु जन्मँदाको उचाई कम्तीमा ४५ देखि ५० सेमीको हुनुपर्छ र बिस्तारै उमेर बढ्दै गएपछि बयस्क नभएसम्म हरेक वर्षमा ७ देखि ९ सेमीका दरले उचाइमा वृद्धि हुँदै जानुपर्छ ।

वयस्क अवस्थासम्म आइपुग्दा एक महिलाको औसत उचाई १६३ सेमी वा ५ फिट ३ हुनुपर्छ भने एक पुरुषको औसत उचाइ १७६ सेमी वा ५ फिट ७ इन्च भएको हुुनु पर्दछ ।

यो मापदण्डअनुसार उचाइ वृद्धि नभएमा पुड्को भएको मानिन्छ ।

एक निश्चित उमेर पुगिसकेपछि पुड्कोपनालाई कुनै पनि उपचार पद्धति, औषधि वा सन्तुलित आहारले अग्लो बनाउन सक्दैन ।

त्यस्तै, शिशु जन्मदाको तौल २.५ देखि लिएर ३.४ केजीसम्मको हुँदा स्वस्थ मानिन्छ ।

पहिलो ५ महिनामा शिशु जन्मदाको तौल दोब्बरर १ वर्षमा तेब्बर तौल हुँदा शिशु स्वास्थ्य छ भनेर बुझिन्छ ।

शिशुको तौलमा दोस्रो, तेस्रो, चौथो र पाँचौ वर्षमा २–२ केजीका दरले थप हुँदै जानुपर्छ ।

उमेर अनुसारको तौल नपुगेको खण्डमा बच्चामा कुपोषण तथा विभिन्न रोगहरू लाग्न सक्छ ।

खानाले शरीरलाई आवश्यक पर्ने शक्ति दिनुका बलियो बनाएर शरीरको तौल तथा उचाइलाई बढाउन मद्दत गर्छ ।

त्यसैले, ५ वर्षभन्दा अगावै बालबालिकाहरूलाई पोषणयुक्त खाना खुवाएमा मात्र शरीरको उचाइ र तौलको समस्याको समाधान गर्न सकिन्छ ।

शरीरलाई पौष्टिक तत्व प्रदान गर्नका लागि मौसमअनुसारको फलफूल तथा सागसब्जी, माछा, मासुबाट प्राप्त गर्न सकिन्छ । सानो बच्चाहरूलाई रेडिमेड तथा जंक फुडहरू खुवाउनु हुँदैन ।

Loading...