Rumpum Advertisement

म एक नारी(कविता)

म एक नारी(कविता)
सुस्मिता पौडेल

म कसैकी छोरी
कसैकी दिदिबहिनी
कसैकी श्रीमती
कसैकी बुहारी
अनि सबैभन्दा प्रिय म कसैकी आमा !

म एक नारी
हुनुपर्ने हो नि मलाई गर्व
उठ्नु पर्ने हो मेरो शिर उच्च
तर पटकपटकआभास हुन्छ मलाई
सोचेर आफ्नो घेरा
छोपेर आफ्ना निलडाम
देखेर त्यो कालो पिँजडा
निलेर आफ्ना नुलिलो आँसु
हेरेर वृद्धाआश्रमको बाटो
झुकाएर आफ्नो शिर
म पटकपटक मेरो भगवान सम्झन्छु
र सोध्छु
मलाई किन एक नारी बनायौ?

–रजैया, मकवानपुर