Rumpum Advertisement

३१ वर्षको उमेरमा लखपति बन्ने सपना बोकेर करोडपति बनेका बिल गेट्सका यी भनाइहरू

३१ वर्षको उमेरमा लखपति बन्ने सपना बोकेर करोडपति बनेका बिल गेट्सका यी भनाइहरू

विराटनगर, २१ माघ । विलियम हेनरी ‘बिल’ गेट्स (६४) एक अमेरिकी ब्यापारी, आविष्कारक तथा विश्वकै प्रतिष्ठित कम्पनी माइक्रोसफ्ट कम्पनीका संस्थापक अध्यक्ष हुन् ।

उनी विश्वकै धनी व्यक्ति हुन् । उनले ३० वर्षको उमेरमा लखपति बन्ने सपना देखेका थिए तर ३१ वर्षको उमेरमा नै उनी करोडपति बन्न सफल भए ।

६४ वर्षीय गेट्ससँग १ सय १० अर्ब अमेरिकी डलर अर्थात् १ सय २५ खर्ब ४० अर्ब सम्पत्ति छ । धेरै सम्पति हुँदाहुँदै पनि बिल गेट्स साधारण मानिस जस्तै आफ्नो जीवन चलाइरहेका छन् ।

उनका यी पाँच वाणीहरू

  • यो संसारमा कसैसँग पनि आफ्नो तुलना नगर्नुहोस्, यस्तो गर्नु भनेको आफैंले आफ्नो इज्जत नगर्नु हो ।
  • एउटा गाह्रो काम गर्नका लागि म अल्छी व्यक्तिलाई छान्दछु किनकी अल्छी व्यक्तिले ने सजिलो तरिका पत्ता लगाउन सक्छ ।
  • जिन्दगी सधैं आफूले चाहेको जस्तो हुँदैन । यसैले जिन्दगीसँग आफूलाई बानी पार्ने गर ।
  • सफलताको खुशीमा रमाउनु त ठीकै छ तर हामीले धेरै ध्यान भने असफलताले सिकाएको पाठतर्फ लगाउनुपर्छ ।
  • एउटा निश्चित बिन्दुमा पैसा मेरा लागि कुनै उपयोगी चिज होइन ।