नेपालमा पनि कोरोना भाइरसको संक्रमण भेटियो

काठमाडौं, १० माघ । नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी कोरोना भाइरस नेपालीमा भेटीएको जानकारी दिएको छ ।

चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरेपछि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएको थियो ।

उनको परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ आएको छ । तर अहिले उनी स्वस्थ्य भएको र प्रत्यक्ष निगरानीमा रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यसबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सघन निगरानी तथा विस्तृत अध्ययन गरिरहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता सागर दाहालले कोरोना भाइरस संक्रमणको उपचारका लागि शुक्रराज सरुवा रोग अस्पताल टेकु र पाटन अस्पताललाई तयारी गरिएको छ ।

त्यस्तै चीनबाट नेपाल आउने हरेक विमानहरुमा यात्रुको स्वास्थ्यसम्बन्धी फाराम भरी विमानस्थलमा पेश गर्नुपर्ने व्यवस्थासमेत गरिएको छ ।

यस्तै अन्य तीनजनामा पनि कोरोना भाइरसको संक्रमण हुन सक्ने आशंका गरिएको छ ।

उनीहरुलाई चिकित्सकको प्रतक्ष्य निगरानीमा राखिएको छ । एकजनालाई भने टेकु अस्पतालमा भर्ना गरिएको छ । उनीहरुको पहिचान भने गोप्य राखिएको छ ।

Loading...