Rumpum

Rumpum Advertisement

गाई काटेको आरोपमा दुई जना पक्राउ

गाई काटेको आरोपमा दुई जना पक्राउ

सुनसरी, १० माघ । सुनसरी हरिनगरा गाँउपालिकाका दुई जनालाई प्रहरीले गाई काटेको आरोपमा पक्राउ गरेको छ ।

हरिनगरा २ भुटाहाका ४५ वर्षीय सदुल अन्सारी र हरिनगरा ४ का ४२ वर्षीय लुकमान अन्सारी गाई काटेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार बिहान सदुल अन्सारी को घरमा गाई काटेको भन्ने खबर पाएपछि पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको घरमा गाईको टाउको, खुकुरी र अचानो पनि नियन्त्रणमा लिएको छ ।