ब्रेक्जिट सम्झौतामा हस्ताक्षर

ब्रसेल्स, १० माघ । युरोपियन आयोग र युरोपियन काउन्सिलका अध्यक्षहरुले युरोपिन युनियनबाट बेलायतको बहिर्गमन हुने सम्बन्धी ब्रेक्जिट सम्झौतामा शुक्रबार हस्ताक्षर गरेका छन् ।

उर्सुला भोन डर लेन र चाल्स मिचेलले सम्झौतामा दस्ताबेजमा हस्ताक्षर गरी औपचारिक अनुमोदनका लागि अब २९ जनवरीमा बस्ने युरोपेली संसदमा पठाइने भएको छ ।

त्यसपछि अर्को हप्ता बिहिबार इयू सदस्य राष्ट्रहरुका कूटनीतिज्ञहरूले ३१ जनवरीको मध्यरातमा बेलायतको अर्ध बिदाइ सुनिश्चित गरी लिखित रुपमा सम्झौता स्विकृत गर्ने छन् ।

एक ट्वीटमा, मिचेलले ‘परिस्थितिहरु अपरिहार्य रूपमा परिवर्तन हुनेछ तर हाम्रो मित्रता कायमै रहनेछ र हामी साझेदार र सहयोगीहरूको रूपमा नयाँ अध्याय सुरू गर्नेछौँ’ उल्लेख गरेका छन् ।

यो सम्झौतामा हस्ताक्षर गरिएको उनले आफ्नो ट्वीट अकाउन्टमार्फत जानकारी गराएका हुन् ।

Loading...