Rumpum

Rumpum Advertisement

अमेरिकाको रेकर्ड तोड्दै नेपाली : लगातार २७ घण्टा सामूहिक नृत्य गर्ने

अमेरिकाको रेकर्ड तोड्दै नेपाली : लगातार २७ घण्टा सामूहिक नृत्य गर्ने

काठमाडौं, १० माघ । लगातार २७ घण्टा नृत्य गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने नेपाली युवाहरुले घोषणा गरेका छन् ।

नेपालको मौलिक संस्कृतिलाई विश्वसामू चिनाउने उद्देश्यले डिल बहादुर मगर (डिकेश) लगायत १३ जना नेपाली युवायुवतीद्वारा लगातार २७ घण्टा सामूहिक मौलिक लोक नृत्य प्रस्तुत गर्ने भएका हुन् ।

आगामी फागुन २२ गते काठमाडौंमा बिहान ९ बजे उक्त कार्यक्रमको आयोजना गरिने भएको हो ।

शुक्रबार मारुनी मिडिया नेटवर्कले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त विश्व किर्तीमानबारे जानकारी गराएको हो । किर्तीमान राख्नको लागि गिनिज बुकले अनुमतिसमेत दिइसकेको छ ।

कार्यक्रममा उक्त किर्तीमानी राख्नको लागि व्यवस्थापनको जिम्मेवारी लिएको गिनिज ईभेन्ट्स नेपालका अध्यक्ष सन्तोष लामाले कार्यक्रम सफलताको शुभकामना दिए ।

पत्रकार सम्मेलनकी प्रमुख अतिथिसमेत रहेकी चर्चित लोकदोहोरी गायिका राधिका हमालले पनि विश्व किर्तीमानी कायम गर्नको लागि सामूहिक नृत्यमा सहभागीहरुलाई शुभकामना दिइन् ।

यसअघि सन् २०११ अक्टोबर ३१ मा अमेरिकाको एम.टि.भि.ओ. म्युजिक अवार्डको नाममा १३ जना युवायुवतीले लगातार २४ घण्टा १ मिनेट सामूहिक नृत्य गरेर विश्वकै सबैभन्दा लामो सामूहिक नृत्यको विश्व रेकर्ड राखेका थिए ।