Rumpum

Rumpum Advertisement

कोशी, एभरेष्ट पथरी र सगरमाथा कलेज विजयी

कोशी, एभरेष्ट पथरी र सगरमाथा  कलेज विजयी

विराटनगर, १० माघ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत शुक्रबार भएको खेलमा कोशी, पथरीको एभरेष्ट र सगरमाथा कलेज विजयी भएका छन् ।

क्रिकेटमा कोशी र पथरीको एभरेष्ट कलेजले जित हात पारेको छ । पहिलो खेलमा कोशी मल्टीपल कलेजले कान्तिपुर कलेजलाई ३१ रनले पराजित गरेको छ ।

त्यसैगरि दोस्रो खेलमा एभरेष्ट कलेजले सगरमाथा कलेजलाई ७ विकेटले पराजित गरेको छ ।

फुटबलमा सगरमाथा र पथरीको एभरेष्ट कलेज विजयी भएका छन् । पहिलो खेलमा सगरमाथा सेकेण्डरी स्कूलले चिरप्रतिद्वन्द्वी विकेभिएम स्कूलको चुनौतीलाई १–० गोल अन्तरले पन्छ्याउँदै अन्तिम आठमा प्रवेश गरेको छ ।

दोस्रोे खेलमा पथरीको एभरेष्ट कलेजले पहिलो संस्करणको विजेता उर्लाबारीको सुनगाभा कलेजलाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।