Rumpum

Rumpum Advertisement

सस्तो ब्याजमा कर्जा उपलब्ध गराउन बैंकहरु मान्दैनन्

सस्तो ब्याजमा कर्जा उपलब्ध गराउन बैंकहरु मान्दैनन्

रंगेली १० माघ । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङबोले सस्तो ब्याजदर उपलब्ध गराउने सरकारको घोषित कार्यक्रमलाई बैंकहरुले नटेर्ने गरेको आरोप लगाएका छन् ।

राष्ट्रिय बाणिज्य बैंकको प्रदेश १ कार्यालयले आयोजना गरेको ५५ औँ बार्षिकउत्सव कार्यक्रममा मन्त्री आङबोले बैंकहरुले जरिवाना तिर्ने तर जोखिम पुर्णक्षेत्रमा लगानी नगर्ने गरकोको बताए ।

सरकारको कृषि, उद्योग लगायतका घोषित क्षेत्रमा बैंकहरुले सस्तो दरमा कर्जा प्रवाह नगरेको उनको भनाइ छ ।

सरकारको बैंक भएकोले राष्ट्रिय बाणिज्य बंैकले सरकारको प्राथमिकतालाई सबै भन्दा नजिकबाट बुझ्नु पर्ने उनले बताए । ‘अनुत्पादक क्षेत्रमा लगानी बढेको छ ।’ उनले भने ‘जुन सरकारलाई फाइदा पनि हँुदैन् र बैंकको खराब कर्जा बन्ने गरेको छ ।’

उनले अर्थतन्त्रको सबै पक्षमा सुधार देखिएको बताए । भन्सारको आयात घट्दो भएकोले आन्तरिक उत्पादनमा जोड दिनुपर्ने उनले बताए ।

सरकारले ठूलो राष्ट्रिय योजना अगाडी सार्दा लागानी कम भएकोले बैदेशिक लागनी भित्र्याउन लागिएको बताए ।

उनले सरकारी कार्यालयमा ढिलासुस्ती अझै कायम रहेको भन्दै बाणिज्य बैंकले पनि त्यसलाई सुधार्नु पर्ने बताए ।

राष्ट्र बैंक विराटनगरका निर्देशक रोशन सिग्देलले नेपाल अनौपचारिक क्षेत्रबाट ग्रसित भएको भन्दै बैंकहरुलाई नगद भन्दा बैकल्पिक माध्यमबाट कारोवार गर्न आग्रह गरे ।

‘हुन्डी, भ्रष्टचार लगायतका सबै नगदबाट हुन्छ ।’ उनले भने ‘त्यसैले नगदको कारोबार कम गर्नु पर्छ ।’ उनले बाणिज्य बैंकलाई निक्षेप व्यवसाय भन्दा उत्पादन मुलक व्यवसायमा लागानी बढाउन आग्रह गरे ।

मोरङ व्यपार संघका अध्यक्ष प्रकाश मुन्दडाले औद्योगिक क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिए ।
उद्योग संगठन मोरङका कार्यवाहक अध्यक्ष राकेश सुरानाले बैंकहरु बढी नाफामुखि हुने गरेको जिकिर गरे ।

नेपालका ७७ वटै जिल्लामा बैंकले शाखा विस्तार गरिसकेको छ । यसका ३२ लाख ग्रहक छन् । बैंकले २ सय ३८ शाखाबाट सेवा प्रवाह गरिरहेको छ ।

बैंकका २ सय ५ एटिम बुथहरु छन् । बैंकमा २२ सय कर्मचारी रहेका छन् ।