सन्तोषको निर्णायक गोल, च्यासल विजयी

काठमाडौं, १० माघ । काठमाडौंमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले जित निकालेको छ ।

शुक्रबार भएको दोस्रो खेलमा च्यासलले ब्रिगेड ब्वाईज क्लबलाई १–० गोलले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा च्यासलका लागि सन्तोष साहुखलले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको इन्जुरी समयमा गोल गर्दै च्यासललाई जिताए ।

Loading...