आँखामा १५ इन्चको जुका भेटिएपछि…

एजेन्सी, १० माघ । एक ६८ वर्षीया महिलाको आँखाबाट १५ इन्चको जीवित जुका निकालिएको छन् । एक रिपोर्टअनुसार आँखामा चिलाउन र दुख्न थालेपछि महिलाले सफा पानीले धुने देखि लिएर अनेकौं उपायहरू अपनाउन थालिन् ।

अत्याधिक रूपमा आँखा दुख्न थालेपछि ती महिला अस्पताल पुगेकी हुन् । उपचारका क्रममा उनको आँखामा १५ इन्च लामो जुका भेटिएको हो । अस्पताल पुगेकी ति महिलाको आँखा हेरेर डाक्टरहरू तर्सिएका थिए ।

चिकित्सले उनको आँखामा देखिएको १५ इन्चको जुका निकाल्नका लागि शल्यक्रिया सुरु गरे । धेरै समय पहिलेदेखि आँखा चिलाउने समस्याबाट ग्रसित भएकी महिलाले आफ्नो आँखामा भएको सुन्दा आफैँ अचम्मित भएकी थिइन् ।

ती महिलालाई शल्यक्रिया गर्ने चिकित्सकहरूका अनुसार आँखाबाट जुका निकाल्न अझै केही समय ढिला गरेमा उनको आँखाको ज्योति गुम्ने सम्भावना अधिक थियो ।

आँखाभित्र नै जुकाको मृत्यु भएको भए आँखामा अन्य समस्या उत्पन्न हुन सक्ने भएकाले आँखाबाट जुका निकाल्नुभन्दा पनि जिउँदो जुका निकाल्नु चिकित्सकहरूका लागि ठूलो चुनौती बनेको थियो । शल्यक्रियापछि बिरामी अहिले स्वस्थ छिन् ।

आँखाबाट निकालिएको जुकाको परीक्षणपछि उक्त महिलाको आँखामा संक्रमित जुकाको प्रजाति ‘थेलाजिया गुलोसा’ हो भन्ने पुष्टि भएको छ । गाई वस्तु र अन्य जनावरहरूमा पाइने आँखाको किरालाई जनावरमा हुने झिंगाबाट सर्न सक्ने चिकित्सकहरूले बताएका छन्

Loading...