पत्रपत्रिकामा प्रदेश : कमाई भन्दा कर धेरै

विराटनगर, १० माघ । स्थानीय सरकार सञ्चालनको लागि भन्दै नगर र गाउँपालिकाहरुले दरको दर र दायरा दुवै बढाएपछि स्थानीय तहका बासिन्दा चर्काे मारमा परेको गुनासो गर्न थालेका छन् ।

बढी कर उठाउनकै लागि मूल्यांकन बढाइदिएपछि परम्परागत खेती किसानीका भरमा जीविका चलाउँदै आएकाहरुले जग्गाको कर तिर्न ऋण लिनुपर्ने वा जग्गै बेच्नु पर्ने अवस्था आइलागेको स्थानीयले बताए ।

कतिपय स्थानीय तहले त बस्तुभाउको चरीचरन र उपचारमा समेत कर असुल्न थालेका छन् । यो समाचार आजको कान्तिपुर दैकिकले मुख्य समाचार बनाएर छापेको छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिकामा अहिले कर तिर्ने नसक्ने अवस्थामा रहेको चन्द्रकला श्रेष्ठले बताइन् ।

गत वर्षसम्म २ हजार ९ सय रुपैयाँ एकीकृत कर तिरेकी उनले यो वर्षको भने ९ हजार ५ सय रुपैयाँ तिर्नु परेको छ ।

पुस मसान्तसम्ममा तिर्दा छुट भएको कारण उनका छोराहरुले तोकिएको १० हजार २ सय रुपैयाँबाट ७ सय रुपैयाँ छुट पाएका हुन् ।

उनको नाममा रहेको सो जग्गाको कर उनैकै कमाई वा जग्गाकै आम्दामीबाट भने तिर्न नपुग्ने अवस्था रहेको छ ।

आज विराटनगर तथा धरानबाट छापिएका पत्रिकाहरुले कृष्णदास जोगबनीबाट फारर भएको र थुनामा राख्न अदालतको आदेश भएको समाचारलाई प्राथमिकतामा छापेका छन् ।

यस्तै प्रदेश १ मा भएको राष्ट्रिय सभा निर्वाचनको समाचार पनि प्रमुखताका साथ छापेकाछन् ।

उद्घोष दैनिकमा राष्ट्रिय सभा सदस्यको निर्वाचन परिणाम प्रमुख उपप्रमुख प्रतिबद्ध, सांसद भने ढलपल शिर्षकमा मुख्य समाचार छापेको छ ।

प्रदेश एकबाट राष्ट्रिय सभामा नेकपाकै तीनै उम्मेदवार विजयी भएका छन् ।

अन्यतर्फ देवेन्द दाहाल, महिलामा इन्दीरा गौतमा र दलिततर्फबाट गोपीबहादुर आछमी विजयी भएका हुन् ।

कृष्णदास फरार

ब्लाष्ट टाइम्समा सुनसरी जिल्ला अदालतको आदेश बदर कृष्णदासलाई थुनामा राख्न उच्च अदालतको आदेश शिर्षकमा मुख्य खबर छ ।

महिला अनुयायीमाथि बलात्कार गरेको आरोपित सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई उच्च अदालत विराटनगर थुनामा राख्न आदेश दिएको हो ।

सुनसरी अदालतले धरौटीमा छोड्न दिएको आदेश बदर गर्दै उच्च अदालतले यस्तो आदेश दिएको हो ।

उता मुुद्धाको सुनुवाई चलिरहेको बेला कृष्णदास भने सुरक्षा गार्ड फिर्ता गरेर भारत तिर लागेका छन् ।

सुनसरीको चतारास्थित आश्रमबाट विराटनगर आउने भन्दै हिडेका कृष्णदासमाथि प्रहरीले सामान्य निगरानी राखेको थियो ।

जोगबनी पुगेपछि उनले उनको सुरक्षाको लागि खटिएका हबल्दार मुकेश साहलाई फिर्ता पठाएका थिए ।

Loading...