
मदर टेरेसाको जन्म अग्नेसे गोंकशे बोजशियुको नामबाट एक अल्बेनीयाई परिवारमा उस्कुब, अटोमन साम्राज्य (आजको सोप्जे, मेसेडोनिया गणराज्य)मा भएको थियो ।
मदर टेरसा रोमन क्याथोलिक नन थिइन्, जसको साथ भारतीय नागरिकता थियो । उनले ४५ वर्षसम्म गरिब, बिरामी, अनाथ, र मर्न लागेका मानिसहरूको मद्दत गरिन् ।
उनलाई १९७९मा नोबेल शान्ति पुरस्कार र १९८०मा भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न प्रदान गरिएको थियो ।
उनका पाँच प्रेरक भनाइ यस्ता छन्
१. यो जीवन अरूको लागि होइन भने यो जीवन नै होइन ।
२. शान्ती मुस्कानबाट सुरूआत हुन्छ ।
३. हिजो गइसक्यो, भोलि आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं ।
४. सबैभन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु हो ।
५. रोटीको भन्दा प्रेमको भोक मेटाउन धेरै कठिन हुन्छ ।