अर्किड, सृजना, मेरील्याण्ड, रेड स्टार र लर्डबुद्ध विजयी

विराटनगर, ९ माघ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत बिहीबार भएको खेलमा अर्किड, सृजना, मेरील्याण्ड, रेड स्टार र लर्डबुद्ध कलेज विजयी भएका छन् ।

बिहीबार क्रिकेटमा अर्किड र सृजना कलेजले जित हात पारेको छ ।

पहिलो खेलमा अर्किड कलेजले विकेभिएम कलेजलाई ४८ रनले पराजित गरेको छ । त्यसैगरि दोस्रो खेलमा सृजना कलेजले नेशनलक लेजलाई ४० रनले पराजित गरेको छ ।

फुटबलमा मेरील्याण्ड कलेज, रेड स्टार कलेज र लर्डबुद्ध कलेज विजयी भए । पहिलो खेलमा मेरील्याण्ड कलेजले अर्किड कलेजलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

दोस्रोे खेलमा पथरीको रेड स्टार कलेजले कोवास कलेजलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

तेस्रोे खेलमा लर्डबुद्ध कलेजले नेपाल दर्शन कलेजलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

Loading...