१७ पटक पादेको भन्दै मृत्य दण्ड

एजेन्सी, ९ माघ । पादेकै कारण एक मानिसलाई मृत्य दण्ड दिइएको छ ।

पाकिस्तानमा १७ पटकसम्म पादेकै कारण ६ ओटा मस्जिदबाट निष्काशन गरिएका एकजना युवकलाई अदालतले मृत्युदण्ड सुनाएको हो ।

उक्त खबर र फोटो सार्वजनिक भएसंगै सामाजिक संजालमा व्यापक रूपले सेयर भएको छ ।

पाकिस्तानका न्यायाधीश ३३ वर्षीय मुहम्मद अल–वाहावीले रमजानका बेला पादेर एकैपटक ५३ जना भक्तजनले प्रार्थना छोडेर मस्जिदबाहिर निस्कनु परेको बताएका छन् ।

धर्मप्रति नै अपमान गर्न खोजेको भन्दै अल्लाहको मर्जीअनुसार शीर छेदन गरेर वा ढुङ्गाले हानेर मृत्युदण्ड दिइने छ ।

शीर छेदन गर्दा एकैछिन मात्र कष्ट हुने भएकाले उनलाई नमरुन्जेल ढुङ्गाले हिर्काएर मार्नुनै उचित हुने कानूनविद्हरूको भनाइ छ ।

अदालतमा मुद्दा हारेको खण्डमा मुद्दा लड्ने वकिललाई पनि अभियुक्तलाई सरह सजाय हुने भएकाले मुहम्मदको मुद्दा लिन कसैले पनि चाहेका छैनन् ।

मुहम्मदले आफ्नो सफाइमा लामो समयदेखि ग्यास्ट्रिकको समस्या भएकाले आफ्नो पाद अनियन्त्रित भएको अदालतमा बताएका थिए ।

अल्लाहले आफ्नो अपमानजनक व्यवहारका लागि क्षमा दिने आशा राख्दै मुहम्मदले आफूलाई दिइएको सजायमा कुनै आपत्ति जनाएको छैनन् ।

उनले आफ्नो पादको आवाज र गन्ध नियन्त्रण गर्न धेरैपटक आफ्नो मलद्वारमा सिलिन्डर आकारको यन्त्रको पनि प्रयोग गरिसकेको बताए ।

मुस्लिमहरूले आफ्ना मलद्वारमा कुनै उपकरण त के औंला समेत छिराउनुहुन्न, यो मुस्लिम धर्मग्रन्थ कुरानको विपरीत भएको हुँदा न्यायाधीशले अन्य मुस्लिमहरूलाई उदाहरण पेश गर्नु पार्ने हुँदा उनलाई मृत्यु दण्ड दिएको बताइएको छ ।

मुहम्मदले आफ्नो अपराधका लागि माफी माग्दै आफ्ना दुई पत्नी र सातजना सन्तानलाई पनि क्षमा दिन अनुरोध सजायका लागि धन्यवाद दिएका छन् ।

तर, सार्वजनिक गरिएको फोटो र खबर झुटो रहेको न्युज १८ डट कमले पुस्टि गरेको छ ।

सार्वजनिक गरिएको उक्त मानिसको फोटो क्यानेडामा बस्ने २३ वर्षीय बेन्हम याली हुन् जसलाई मान्छे मारेको आरोपमा १३ वर्ष जेल हालिएको हो ।

Loading...