‘एन्टी हिरो’ मा अनमोलको जोडी जसिता

विराटनगर, ९ माघ । युवापुस्तामाझ चर्चित अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने नयाँ फिल्म ‘एन्टी हिरो’ मा नायिका जसिता गुरुङ अनुबन्धित भएकी छन् ।

फिल्ममा अनमोल र जसिताको जोडी बाँधिएको हो ।

निर्माता तथा अभिनेता भुवन केसी फिल्मका लागि अभिनेत्रीको खोजीमा रहेको भए पनि हिजो उनले जसितालाई फिल्ममा भित्र्याएका हुन् ।

भुवन र जसिताबीच मौखिक तथा लिखित दुवै सहमति भइसकेको छ ।

आफ्नै होम प्रडक्सन दि सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मको नयाँ वर्ष अर्थात् बैशाख १ गतेबाट छायांकन सुरु हुने भएको छ ।

एक्सन–लभस्टोरी बताइएको फिल्ममा अनमोल एक्सन तथा लबरब्वाइको भूमिकामा देखिने छन् भने फिल्ममा भुवन नेगेटिभ रोलमा देखिँदै छन् ।

kala

केही दिनमा निर्देशक र फिल्मका अन्य कलाकारहरूको छनोट गरेर फिल्मको औपचारिक घोषणा गर्ने भुवनले बताएका छन् ।

निर्देशक नभेटिएको खण्डमा फिल्मलाई भुवन आफैँले निर्देशन गर्ने भएका छन् ।

फिल्मको स्क्रिप्टमा धमाधम काम चलिरहेको छ ।

अभिनेता प्रदीप खड्कासँग ‘लिलिबिली’ र ‘लभ स्टेशन’ गरी दुई फिल्ममा काम गरिसकेकी जसिता रेनाषाको ‘आइ एम ट्वान्टी वान’ मा अनुबन्धित भएकी छन् ।

जसिता र अनमोलको जोडीलाई स्क्रिनमा हेर्ने दर्शकको ठूलो इच्छा पूरा हुने भएको छ ।

उनले ‘एन्टी हिरो’ र ‘आईएम ट्वान्टी वान’ मध्ये कुन फिल्म अगाडि गर्नेछिन् त्यसको विषयमा कुनै जानकारी प्राप्त भएको छैन ।

Loading...