सप्तरी, ९ माघ । चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय कल्याणपुरले चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खडक नगरपालिका–५ का २५ वर्षीय रामभगत चौधरीलाई पक्राउ गरेको हो ।
पीडितका बुवाले उजुरी दिएपछि प्रहरीले आरोपितलाई बुधबार पक्राउ गरेको जनाएको छ ।
आरोपितले ललाइफकाइ आफ्नो घरमा लगेर माघ ३ गते बालिका बलात्कार गरेको पीडितले दिदीलाई बताएपछि घटना सार्वजनिक भएको हो । रासस