भीरबाट लडेर एक जनाको मृत्यु

इलाम, ८ माघ । इलाम रोङ गाँउपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

रोङ २ बर्फल्याङ ढोरेनीमा २७ बर्षीय टिका कालीकोटेको लडेर मृत्यु भएको हो ।

बुधबार दिउँसो घर नजिकै रहेको भीरमा लडेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Loading...