ट्रम्प चाँडै पाकिस्तान आउन सक्ने

इस्लामावाद, ८ माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पाकिस्तान भ्रमणमा आउने सम्भावना रहेको छ ।

पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुरेशीले राष्ट्रपति ट्रम्प चाँडै नै पाकिस्तान भ्रमणमा आउने सम्भावना रहेको बताए ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खान र अमेरिकी राष्ट्रपति ट्रम्पका बीचमा डाभोसमा भएको भेटका क्रममा ट्रम्पको पाकिस्तान भ्रमणको कुरा भएको कुरेशीले बताए ।

विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन गएका बेला उनीहरुबीच ‘साइडलाइन’ वार्ता भएको कुरेशीले जानकारी दिए ।

दुई नेताबीच कुराकानी भएको एक घण्टापछि विदेशमन्त्री कुरेशीले अमेरिकी राष्ट्रपति ट्रम्प पाकिस्तान आउने सम्भावना रहेको बताएका हुन् ।

“आफूले चाँडै पाकिस्तानको भ्रमण गर्न सक्ने बारेमा राष्ट्रपति ट्रम्पले हामीलाई आश्वस्त पार्नुभएको छ”, कुरेशीले भने ।

ट्रम्प र खानका बीचमा व्यापार तथा लगानीका विषयमा पनि विषेश प्राथमिकताका साथ सहकार्य गर्ने सहमतिसमेत भएको पाकिस्तानी विदेशमन्त्री कुरेशीले बताए ।

Loading...