Rumpum

Rumpum Advertisement

फ्रान्सका राष्ट्रपति इजरायल भ्रमणमा

फ्रान्सका राष्ट्रपति इजरायल भ्रमणमा

जेरुसलम, ७ माघ । फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोन इजरायलको भ्रमणमा पुगेका छन् ।

भ्रमणको पहिलो दिन बुधबार उनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गरेका छन् ।

इजरायली प्रधानमन्त्रीको कार्यालयका अनुसार राष्ट्रपति म्याक्रोनलाई प्रधानमन्त्री नेतान्याहु र उनकी श्रीमतीले स्वागत गरेका थिए ।

जेरुसेलमस्थित इजरायली प्रधानमन्त्रीको निवासमा भेटवार्ता भएको कार्यालयले जनाएको छ ।

भेटमा इरान र प्यालेस्टायनसँग सम्बन्धित विषयमा कुराकानी गरेका छन् ।

म्याक्रोनले इजरायली विपक्षी दलका नेता बेन्नी गान्टज, प्यालेस्टायनका राष्ट्रपति मोहम्मद अब्बासलगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

फ्रान्सेली राष्ट्रपति म्याक्रोन इजरायलको बेन गुरियोन अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्गलबार राति अवतरण गरेका हुन् ।