विराटनगर, ८ माघ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत बुधबार भएको खेलमा कान्तिपुर, सगरमाथा, भानु र अर्किड कलेज विजयी भएका छन् ।
बुधबार भएको क्रिकेटमा कान्तिपुर र सगरमाथा सेकेण्डरी स्कूलले जित हात पारेको छ । पहिलो खेलमा कान्तीपुर कलेजले भानु कलेजलाई ८ विकेटले पराजित गरेको छ ।
त्यसैगरी दोस्रो खेलमा सगरमाथा सेकेण्डरी स्कुलले शिक्षादिप कलेजलाई १ विकेटले पराजित गरेको छ ।
फुटबलमा कान्तिपुर कलेज , भानु कलेज र अर्किड कलेज विजयी भएका छन् ।
पहिलो खेलमा कान्तिपुर कलेजले बेलबारीको शिक्षा सन्देश कलेजलाई १–० गोल अन्तरले पराजित गरेको छ ।
दोस्रोे खेलमा भानु कलेजले नेता चौकको बुद्ध सेकेण्डरी स्कूललाई २–० गोल अन्तरले पराजित गरेको छ ।
तस्रोे खेलमा अर्किड कलेजले शिक्षादिप कलेजलाई सडन डेथमा ५–४ गोल अन्तरले पराजित गरेको छ ।