Rumpum

Rumpum Advertisement

मोटरसाइकल चोरी गर्ने पक्राउ

मोटरसाइकल चोरी गर्ने पक्राउ

बिर्तामोड, ८ माघ । झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पताल परिसरबाट मोटरसाइकल चोरेर भाग्दै गर्दा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१३ चारआली का २० वर्षीय विनोद तामाङलाई मे ११ प २२७३ नम्बरको मोटरसाइकल चोरेर भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

स्थानीयको सहयोगमा दिउँसो १२ः४० मा मोटरसाइकल चोरेर भाग्दै गर्दा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।