फाइभ जी सञ्चालनमा नआउँदै, जापानले ल्याउने भयो सिक्स जी नेटवर्क

विराटनगर, ८ माघ । विश्वमा फाइभ जी नेटवर्क पूर्ण रूपमा सञ्चालनमा आउनका लागि अझै केही वर्ष लाग्ने देखिन्छ ।

विश्वका धेरैजसो विकशित देशहरू फाइभ जी नेटवर्कका पूर्वाधारहरू विकास गर्ने काममा लागिरहेको बेलामा जापानले सिक्स जी नेटवर्कको विकासको लागि अघि बढेर आउटलाइन तयार गरिरहेको छ ।

जापानी सञ्चार माध्यम निक्केइको एक रिपोर्टमा फाइभ जी नेटवर्कको विकासमा अन्य विकसित मुलुकहरूभन्दा पछाडि रहेको जापान सिक्स जी नेटवर्कको मापदण्डको तयारीमा लागेको उल्लेख गरिएको छ ।

जापानको सिक्स जी नेटवर्क मौजूदा फाइभ जी नेटवर्कभन्दा १० गुणा तीव्र गतिको हुने भएको छ ।

जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सिक्स जी नेटवर्क विकासका गर्नका लागि यहीँ महिना सिभिलियन सोसाइटी अफ रिसर्चको गठन गर्ने भएको छ ।

फाइभ जीभन्दा तीव्र गतिको नेटवर्क तयार गर्ने दौडमा केवल जापानका साथ दक्षिण कोरिया, फिनल्याण्ड तथा चीनले पनि फाइभ जीभन्दा तीव्र नेटवर्कको विकास गर्ने तयारी गरिरहेका छन् ।

फाइभ जीको व्यवसायिक प्रयोग विश्वमा यसै वर्षको अप्रिलबाट सुरु हुने अपेक्षा गरिएको छ ।

फाइभ जी नेटवर्क फोरजी भन्दा २० गुणा तीव्र गतिको हुन्छ । फाइभ जी नेटवर्कमा एउटा पूरै फिल्म इन्टरनेटबाट डाउनलोड गर्नका लागि केवल १ सेकेण्ड मात्रै लाग्ने हुन्छ ।

फाइभ जी नेटवर्कलाई एडभान्स्ड एप्लिकेसनको रूपमा स्वचालित सवारी साधनहरूमा समेत प्रयोग गर्न सकिन्छ ।

Loading...