‘ए मेरो हजुर ४’मा सलोन अनुबन्धित

विराटनगर, ८ माघ । फिल्म ‘ए मेरो हजुर’को चौथो सिरिजमा अभिनेता सलोन बस्नेत अनुबन्धित भएका छन् ।

मुख्य नायकका रूपमा चल्न नसकेका सलोनले अभिनय गरेका फिल्ममा उनको अभिनयले मुख्य नायक नै छाँयामा पार्ने गर्छन् ।

सलोनलाई फिल्मकी निर्देशिका झरना थापाले फागुण १३ गतेबाट छायांकनमा जान लागेको चलचित्र ‘ए मेरो हजुर ४’मा अनुबन्धित गरेकी हुन् ।

‘ए मेरो हजुर २ र ए मेरो हजुर ३’मा पनि सलोनले काम गरेका थिए । उनीविना ए मेरो हजुरको सिरिज अधुरो नै देखिन्छ ।

फिल्ममा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहने पक्का भएको छ ।

झरनाले फिल्मको कथामा काम अगाडि बढिरहेको र अनमोल र सुहानासहित टिमले कथाको काम अगाडि बढाएको जानकारी दिएकी छन् ।

फिल्मलाई सुनिलकुमार थापाले निर्माण गर्ने भएका छन् ।

विशुद्ध लभस्टोरी कथामा आधारित हुने फिल्मलाई नेपाल, ओमान र होल्याण्डमा छायाँकन हुने भएको छ ।

फिल्मलाई २०७७ को दशैंमा प्रदर्शन गर्नका लागि लगभग तय गरिसकेको छ । ’

Loading...