क्लोप बने विश्वकै उत्कृष्ट प्रशिक्षक, भाल्भेर्डे दोस्रो स्थानमा

एजेन्सी, ८ माघ । युरोपियन च्याम्पियन्स लिग जित्न सफल लिभरपुलका प्रशिक्षक जर्गेन क्लोप विश्वकै उत्कृष्ट कोच बन्न सफल भएका छन् ।

बार्सिलोनाका पूर्वप्रशिक्षक अर्नेस्टो भाल्भेर्डेलाई उछिन्दै क्लोप विश्वका नम्बर वान कोच बनेका हुन् ।

asf

‘नोटेड फुबटल वेबसाइट क्लब वर्ल्ड र्‍याङ्किङले आज सार्वजनिक गरेको विश्वका उत्कृष्ट कोचहरूको सूचीमा क्लोपले पहिलो स्थान बनाएका हुन् ।

यसअघि उक्त सूचीको शीर्ष स्थानमा भाल्भेर्डे थिए । तर, हालै मात्र बार्सिलोनाबाट बर्खास्तीमा परेका भाल्भेर्डे भने दोस्रो स्थानमा छन् ।

यस्तै तेस्रो स्थानमा भने मार्सेलो ग्याल्लेर्डो छन् भने चौथौ स्थानमा युभेन्टसका प्रशिक्षक मौरिजियो सार्री छन् ।

यसै सिजन चेल्सीबाट युभेन्टसमा अनुबन्ध भएका सार्रीले सिटीका प्रशिक्षक पेप ग्वार्डीओलालाई विस्थापन गर्दै चौथो स्थान बनाएका हुन् ।

ग्वार्डीओला भने पाँचौं स्थानमा झरेका छन् ।

Loading...